Logo

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत 



विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् ।

प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् ।
एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।

जसअनुसार बुधबार प्रदेश १ का सांसदहरुले आफ्नो दल रोज्न निर्वाचन आयोग पुगेका हुन् । एमालेबाट राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा र पदमकुमारी गुरुङले सनाखत गरिसकेका छन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।



प्रतिक्रिया दिनुहोस्