Logo

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो



काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो ।

खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट भएका ५१ सय दर्शकले टिकट बुकिङ गरीसकेको जनाइएको छ ।

नेपालले भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सिसिएमसी र काठमाडौँ जिल्ला प्रशासनले स्वीकृति दिएसँगै दर्शक उपस्थिति हुन पाउने भएका हुन् ।

तस्वीरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्