Logo

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह आन्तरिक छलफलमा



काठमाडौं, १६ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । आसन्न १४औं महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सभापतिको लागि साझा उम्मेद्धवार तय गर्ने तयारी भएको एक नेतलो जानकारी दिए ।

हिजोपनि यो समूहको बैठक बसेको थियो । हिजोको बैठक पौडेल निवासमा बसेपनि आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा बस्न लागेको हो । पौडेल पक्षबाट यसपटक सभापतिको लागि स्वयम पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य सुजाता कोइराला उठ्ने तयारीमा छन् । तर, पौडेल पक्षले भने जो उठेपनि सहमतिमै एक जनामात्रै उठाउने तयारी गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्