Logo

काठमाडौंमा आजदेखि ‘नाइट भिजन लेजर स्पिड गन’ चेकिङ्ग सुरू (फोटोफिचर)



काठमाडौं, १६ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’सहितको चेकिङ्ग सुरु गरेको छ । रातिको समयमा तीव्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्नको लागि यो चेकिङ सुरु गरेको हो । विशेषगरी कोटेश्वर– सूर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तीव्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने,‘‘‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्र गतिमा सवारी चलाउने ३५–४० जना चालकहरुलाई लेजर गनमार्फत कारबाही गर्दै आएका छौँ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ ।” उनले आज रातिदेखि नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने अनुमान लगाएको बताए ।

 

Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्