Logo

क्यालिफोर्नियामा २१ दिनदेखि भीषण डढेलो, अझै नियन्त्रणमा आउन सकेन



एजेन्सी, १६ भदौ । अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । तिन हप्ता अघि बाट सुरु भएको लेक टाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेलाको जोखिममा रहेको एक अस्पताललाई खाली गरिएको छ भने अस्पतालका बिरामीहरुलाई अन्य सुरक्षित अस्पतालहरुमा रिफर गरिएको छ ।  डढेलोको १६ प्रतिशत भाग नियन्त्रणमा आएको बताइएको छ । २१ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणका लागि ३५ सय भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् ।

आगलागीका कारण पाँचजना घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । ७ सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ । दुई दिन अघि खतरामा रहेका बस्तीका २२ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको थियो । एजेन्सी/तस्वीर–बिबिसी



प्रतिक्रिया दिनुहोस्