Logo

मन्त्री यादवद्धारा पदभार ग्रहण



जनकपुर, १६ भदौ । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गरेका छन् । यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए । अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरी सकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्