Logo

गिरिजाबाबुरले चुनाव लड्न टिकट दिँदापनि किन लडेनन् ऋषि सुवेदी (भिडिओसहित)



काठमाडौं, १६ भदौ । टुँदी कन्स्ट्रक्सन प्रा.ली. का अध्यक्ष तथा निर्माण व्यवसायी ऋषिप्रसाद सुवेदीले संसद् भवनको ठेक्का पाउँदा आफूले नेताहरुलाई एक रुपैयाँ चन्दा नदिएको बताएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफुले गरेको काम पक्का हुने बताउदैै ‘धरहरा अगाडिको नेपाल टेलिकम भवन पनि आफ्नो कम्पनीले बनाएको खुलासा गरे । उनले उक्त भवन भत्किुन त परको कुरा नचर्किएकोसमेत दाबी गरे ।

एउटा पुल बनाउन ७ वर्ष लागाउने ठाँउमा आफु गएर ५ वर्षमा ३ वटासम्म बनाएको पनि उनले विगत स्मरण गराए । धादिङबाट मलेखु जाने बाटो बनाउदा एउटा झोला र टेप बोकेर सबै नाप÷नक्शा बोकेर आफ्नो निर्देशनमा बनेकोसमेत उनले बताए । उनले आफूले देशभर कति काम गरेको भनेर कुनै गणना नै नगरेको पनि सुनाए । तर, आवश्यक परे सबै तथ्यांक पेश गर्ने पनि उनले सुनाए ।

साथै, निर्माण व्यवसायीहरुलाई काम गराउने निकायहरुले केही पाइएला की भनेर दुःख दिने गरिएको उनको आरोप छ । आफुलाई गिरिजाप्रसाद कोइरालाले कांग्रेसबाट चुनाव लड्न टिकट दिएको तर घोषणापत्रमा आफुले भनेका बुँदा नराखेपछि चुनाव नलडेको सुवेदीको दाबी छ ।

हेरौं कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्