Logo

काठमाडौंमा अब राति ९ बजेपछि सवारी साधन चलाउन पाइने



काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न जारी निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा कायम राख्दै राति ९ बजेपछि सवारी साधन संचालन गर्न दिइने निर्णय गरेको हो ।

बुधबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामाग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने निर्णय गरेको हो ।

यसको साथै बैठकले स्थानिय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साझ ७ बजेसम्म गर्न नपाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्