Logo

दार्चुला घट्नामा छानबिन समितिको प्रतिवेदन : भारतीय एसएसबीको संलग्नताभन्दापनि उपस्थितिमा घट्ना घटेको दाबी



काठमाडौं, १६ भदौ । नेपाल सरकारद्वारा गठित दार्चुला घट्ना छानबिन समितिले बुझाएको प्रतिवेदनमा उक्त घट्नामा भारतीय एसएसबीको संलग्नता रहेको भनेर प्रष्ट रुपमा लेखिएको छैन् । समितिले बरु, घट्ना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको किटान गरेर लेखेको छ । महाकाली नदी तर्ने क्रममा जयसिंह धामी तुईन चुँढिएर बेपत्ता भएका थिए । समितिले उक्त घट्नामा भारतीय एस.एस.बीको प्रत्यक्ष संलग्नता रहेको भन्ने कुरा प्रतिवेदनमा दाबी गरिएको छैन् ।

हिजो (मंगलबार) छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,‘समितिले उक्त घट्ना भारतीय एस.एस.बी का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ ।’
मंगलबार गृह मन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारेर उक्त प्रतिवेदन बुझाएका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गरिने विश्वास दिलाएका छन् । सरकारले यसअघि नै पीडित परिवारलाई दश लाख क्षतिपूर्ति दिने निर्णयपनि गरिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्