Logo

नेप्सेमा आज सामान्य अंकको बृद्धि, ९ अर्बमा खुम्चियो कारोबार



काठमाडौं, १६ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य अंकले बढेको छ। नेप्से आज १ दशमलव १४ अंकले बढेर २९ सय ७६ दशमलव ९८ बिन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव १७ अंकले बढेर ५ सय ५० दशमलव ६९ विन्दु कायम भएको हो ।

नेप्सेको अनुसार आज २ सय २६ कम्पनीको १ लाख ४ हजार ३ सय ४२ पटक कारोबार भएर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्