Logo

नेप्सेमा आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १६ भदौ । शेयर बजारमा समान्य अंकले बढ्दा आज ९ अर्बमा कारोबार रकम खुम्चिएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।  कम्पनीको ५९ करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख, अपी पावरको २३ करोड ७५ लाख, हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्