Logo

नेपाल–भारत महिला मैत्री समाजले बाढीपहिरो पीडितलाई बाँड्याे राहत सामग्री



वीरगञ्ज, १६ भदौ । नेपाल–भारत महिलामैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा पर्साका विभिन्न चार स्थानीय तहका करिब एक सय बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री दिइएको समाजकी अध्यक्ष चन्दा चौधरीले जानकारी दिइन् ।

बाढीपहिरोपीडितलाई सहयोग गरेकोमा चौधरीले धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध जनस्तरमा कहिल्यै पनि कमजोर नहुने विश्वास व्यक्त गरिन् । ‘नेपाल भारतको सम्बन्ध दुःखसुखको सम्बन्ध हो । यो राजनीतिकस्तरमा भन्दा कैयौं गुणा जनस्तरमा दुई देशका जनताबीच बलियो छ’, उनले भनिन् ।

पर्साको जनगरनाथपुर गाउँपालिकाका ४१ घरधुरी, जिराभवानी गाउँपालिकाका २४ घरधुरी, वीरगञ्ज महानगरपालिकाका १६ र पर्सागढी नगरपालिकाका १६ बाढीपहिरो पीडित परिवारलाई टेन्ट, सुकुल गरी ३५ लाखभन्दा बढी मूल्य बराबरको सामग्री प्रदान गरिएको छ ।

भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री संघीय सांसद चन्दा चाैधरी, भारत वाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कन्सुलर शशी भूषणको विशेष उपस्थितमा वितरण गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्