Logo

समतालाई कृषि विकास बैंकको आर्थिक सहयोग



काठमाडौं, १६ भदौ । कृषि विकास बैंक लिमिटेडले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनीलकुमार उपाध्यायले गुठीका सञ्चालक उत्तम सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकले सुस्वास्थ्य तथा दीर्घायुको कामनासहित सम्मान गरेको बैंकले जनाएको छ । कलाकार मदनकृष्ण तथा हरिवंशले कृषि विकास बैंक लिमिटेडले गरिब किसानलगायत सबैको बैंकका रूपमा आफूलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा अझ उन्नति गरोस् भन्दै शुभकामना व्यक्त गरे । सो अवसरमा कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आगामी दिनमा समता शैक्षिक गुठीलाई यस्तैखाले सहयोग जारी राख्ने बताए । उनले बैंकका सबै प्रदेश कार्यालयबाटसमेत नियमानुसार सहयोग उपलब्ध गर्न सकिने भन्दै समता शैक्षिक गुठीले पु¥याएको योगदानलाई प्रशंसा गरेको बैंकका उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतमले बताए ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापालगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्