Logo

मेसीको विरासत बोक्दै फाती, पाए १० नम्बर जर्सी



एजेन्सी, १६ भदौ । लियोनल मेस्सीले लगाउने १० नम्बरको जर्सी स्पेनिश क्लब बार्सिलोनामा अब युवा स्टार आन्सु फातीले लगाउने भएका छन् । डेब्यु खेलदेखी नै बार्सिलोनामा राम्रो प्रभाव छाड्न सफल फातीलाई बार्सिलोनाको भविष्यको रुपमा हेरिएको छ । फाती चोटका कारण लामो समयदेखी मैदान बाहिर रहेका छन् ।

बार्सिलोना इतिहासका प्रभावशाली खेलाडी लियोनल मेस्सीले क्लब छाडेसँगै १० नम्बर जर्सी खाली रहेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा फातीले मेस्सीको १० नम्बर जर्सि लगाएको देख्न सकिन्छ ।

बार्सिलोनामा मेस्सीको जर्सि नम्बर लिइनुलाई ठुलो जिम्मेवारी र चुनौतीको रुपमा लिइएको छ । डेलीमेलका अनुसार बार्सिलोनामा २२ नम्बर लगाउँदै आएका फातीले १० नम्बर जर्सी लगाएको भिडियो सार्वजनिक भएसँगै फातीले नै उक्त जर्सी पाउने भएका हुन् । मेस्सी हालै मात्र फ्रेन्च क्लब पिएसजीमा अनुबन्धित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्