Logo

दशैंको मुखमा स्थानीय निकायले किन पाए विद्यालय सञ्चालनको निर्णय दिने अधिकार



काठमाडौं, १६ भदौ । चार महिना निषेधाज्ञा जारी हुँदा विद्यालयहरु बन्द गरिए । भौतिक रुपमा पठनपाठन भएनन् । सरकारले त्यसो गर्नबाट रोक पनि लगायो । आज निषेधाज्ञा खुकुलो गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालहरुले विद्यालयहरु खोल्न स्थानीय तहहरुलाई निर्णयको अधिकार दिएको छ ।

दशैं आउन एक महिना बाँकी रहँदा सरकारले विद्यालयहरु खोल्न अनुमति दिने गरी स्थानीय निकायलाई अधिकार दिनुलाई चासोका साथ हेरिएको छ । यो निर्णयबाट अभिभावकहरु खुशीसँगै सशंकित पनि भएका छन् ।

निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले दशैं अगाडि र पछाडिको फी उठाउन यसो गरिएको आशंका गरेका छन् । तर, विद्यालयहरु संचालनमा आइहाल्ने सम्भावना पनि कम छ । कतिपय विद्यालयले तयारी नै गरेका छैनन् ।

उपत्यकाबाहिर गएका विद्यार्थी र शिक्षकहरु दशैंको मुखमा फर्कने सम्भावना पनि कम छ । यसकारण पनि दशैं अगाडि विद्यालय खुल्ने सम्भावना कमजोर देखिएको छ । अभिभावक आफै तत्काल विद्यालयमा बालबालिका पठाउन तयार पनि देखिएका छैनन् । अझै कोरोना भाइरसको संन्त्रासका कारण अभिभावकहरु सतर्क भएका छन् ।



प्रतिक्रिया दिनुहोस्