Logo

माधव नेपाल कहिल्यैपनि असफल नेता हुनुभएन, पार्टी ओलीले फुटाएको हो : पौडेल (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता डा. विजय पौडेलले आफूहरु सरकारमा जाने तयारीमा रहेको स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टीको भागमा ६ वटा मन्त्रालय परेको पनि सुनाएका छन् । उनले सरकारमा को जाने भन्नेबारे आफूहरुले निर्णय भने गरिनसकेको सुनाए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री छान्ने अधिकार अध्यक्ष माधव नेपाललाई मात्रै नभएर पार्टीगत रुपमा निर्णय लिईने स्प्ष्ट पारे । उनले आफ्नो पार्टीमा योग्य, सक्षम र सिनियर नेताहरु रहेको सुनाए ।

उनले माधव नेपाल पदबिना बाँच्नै नसक्ने नेता भन्नु गलत भएको पनि जिकिर गरे । उनले माधव नेपाल कहिल्यैपनि असफल नेता नभएको जिकिर गरे । उनले एमाले माधव नेपालले नभएर केपी ओलीले फुटाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्