Logo

प्रधानमन्त्री देउवाले अर्को विकल्प केही छैन, म चुनावमा जान्छु भन्न बेर छैन : डा. लोहोनी (भिडिओसहित)



काठमाडौं, १७ भदौ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको संकेत देखा पर्न थालेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अब मसँग अर्को विकल्प केही छैन भनेर चुनावमा जान्छु भन्न बेर नभएको पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले पूर्णता पाउन नसक्नुमा भागबण्डाको कुरा भएको बताए । उनले संसद्को पूरा कार्यकाल चाहानेहरुले संयमतता अपनाउनुपर्नेमा जोड दिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले विचार पुर्याउनुपर्ने उनको सुझाव छ । उनले सरकारलाई पूर्णता दिन नसक्नु विडम्बना भएको बताए । बर, प्रधानमन्त्री देउवाले अहिले भएका मन्त्रीहरुलाई नै अन्य मन्त्रालयको जिम्मेवारी दिएको भए राम्रो हुनेथियो भन्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्