Logo

रोनाल्डोद्वारा १११ गोलको विश्व किर्तिमान



एजेन्सी, १७ भदौ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्व किर्तिमान बनाएका छन् । उनले गएराति रिपब्लिक अफ आयरल्यान्डविरुद्ध पोर्चुगलका लागि दुई गोल गर्दै विश्व किर्तिमान बनाएका हुन् ।

यो गोलसँगे ३६ वर्षीय रोनाल्डो राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोको नाममा पोर्चुगलका लागि १११ गोल गरेको किर्तिमान छ ।

यसअघि इरानका अली दाईले १०९ गोल गरेर किर्तिमान बनाएका थिए । उनको किर्तिमानसँग रोनाल्डोले युरो कपमा बराबरी गरेका थिए ।

विश्वकपको छनोटमा रोनाल्डोले पेनाल्टीमार्फत् किर्तिमानको अवसर पाएका थिए । तर, उनको पेनाल्टी खेर गयो । त्यसपछि रोनाल्डोले दुई गोल गरेर टोलीलाई जीतसहित विश्व किमिर्तमा बनाए ।
यसअघि अली दाईले सन् २००३ मा देशका लागि सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए । त्यसको १८ वर्षपछि रोनाल्डोले किर्तिमान तोडेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्