Logo

ग्लोबल आइएमई बैंकले गर्यो बाढी प्रभावितलाई राहत सामग्री वितरण



काठमाडौं, १७ भदौ । ग्लोबल आइएमई बैंकले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट घरबारविहीन भएकाको जीवनयापन सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपद्बाट प्रभावित नवलपरासीको बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका–१८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रतिघरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटरलगायत सामग्री वितरण गरेको जनाएको छ ।

बैंकको अनुसार लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको हो ।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहबरमा राहत सामग्री पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्