Logo

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो



काठमाडौं, १७ भदौ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा पुगेको छ । नेपाल वरीयतामा अहिलेसम्म ११ औं स्थानसम्म पुग्न सफल भएको छ । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्