Logo

विश्वकप छनोट: फ्रान्स बराबरीमा रोकियो



एजेन्सी, १७ भदौ । विश्वकप छनोट अन्तर्गत फ्रान्स बोस्यिना हर्जगोभिनासँग बराबरी रोकीएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इडिन जिकोले ३६ औं मिनेटमा गोल गर्दा बोस्यिनाले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए ।ग्रिजम्यान हालैमात्र स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध भएका छन् ।

जुल्स कोउन्डे दोस्रो हाफमा रातो कार्ड पाउदै मैदान बाट बाहिरिएपछि फ्रान्स १० खेलाडीमा सिमित बनेको थियो । फ्रान्सले चार खेलबाट ८ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्