Logo

विश्वकपको युरोपियन छनोटमा डेनमार्कको सहज जित



काठमाडौं, १७ भदौ । विश्वकपको युरोपियन छनोटमा डेनमार्कले स्कटल्याण्डलाई हराएको छ ।बुधबार राति भएको खेलमा डेनमार्कले स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १४औं मिनेटमा डानिएलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसलगतै खेलको १५औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई २–०को अवस्थामा पुर्याएका थिए । जितसँगै डेनमार्क ४ खेलमा १२ अंक जोडेको छ । डेनमार्क समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्