Logo

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने भन्ने विवादको आज निरुपण हुने



काठमाडौं, १७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ । प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन् ।

उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएको हो । सो रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट परेको थियो । सो रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्