Logo

सूर्य थापाको टिप्पणी : अब देख्न बाँकी माधव नेपालको हरिबिजोग मात्रै रहेको छ



काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालको अब हरिबिजोग हुने बताएका छन् । उनले माधव नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो धारणा राखेका हुन् । उनले पार्टी फुटाएर हिंडेका वामदेवको प्रधानमन्त्री हुने संभावना सधैका लागि सकिएको पनि उल्लेख गरेका छन् । त्यस्तै, अशोक राई र राजेन्द्र श्रेष्ठ त मधेसी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगेको उनको भनाई छ । उनले भनेका छन्,‘अब देख्न बाँकी माधव कु।नेपालको हरिबिजोग मात्रै रहेको छ।’

थापाले लेखेको स्टाटस यस्तो छ :

प्राय:आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन्। अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खाेज्दै कृत्रिम याेजनामा धावा बाेलेर चुनाव जित्ने गर्छन्,केही दशकयता याे क्रम देखिंदै आएकाे छ!
नेपालमा भने चुनावकाे मुखमा एमाले फुटाउने,टुक्र्याउने र चाेइट्याउने गर्दै आएकाे देख्न पाइन्छ, बहुमतकाे सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशाेक राई- राजेन्द्र श्रेष्ठले र २०७८मा माधव कु.नेपालले याे अपराधपूर्ण कार्य गरेका छन्।
पार्टी फुटाएर हिंडेका वामदेवकाे प्रधानमन्त्री हुने संभावना सधैका लागि सकियाे र जति छटपटिए पनि पछि अर्थै भएन। अशाेक- श्रेष्ठ त मधेसी पार्टीमा पुगेरअंगिकृत नागरिकजस्ताे हुन पुगे। अब देख्न बाँकी माधव कु.नेपालकाे हरिबिजाेग मात्रै रहेकाे छ।
उनकाे पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालकाे सिङजस्तै हराउने निश्चित छ।किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् !



प्रतिक्रिया दिनुहोस्