Logo

प्रचण्डसँग नारायणकाजी रुष्ट, कडा कदम चाल्न सक्ने



काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो ।

श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् ।

पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गरिरहेका छन् । श्रेष्ठसँग सम्बन्ध चिसिदै गएको छ ।

श्रेष्ठले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाएका छन् । तर, प्रचण्ड उनलाई सरकारमा पठाउन तयार देखिएका छैनन् ।

माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको ध्रुवीकरण समेत देखिएको छ । नारायणकाजी श्रेष्ठ जनयुद्धमा थिएनन् । उनी पछि मात्र माओवादीसँग एकीकरण गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

यसैगरी, अधिकार समेतको कटौती र सरकारमा समेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेका छन् । उनले निकटस्थसँग यसबारे छलफल समेत बढाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्