Logo

चीनले नेपाली भूमि मिचेको भन्दै सरकारले बनायो समिति (भिडिओसहित)



काठमाडौं, १७ भदौ । चीनले नेपाली भूमि मिचेको विषय कांग्रेसका नेताहरुले उठाउँदै आएका थिए । खासगरी नेपाली कांग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनसँगको नेपालको सिमा विवादको विषयमा आवाज उठाएको थियो । सरकारले हिजोमात्रै हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । यसअघिको केपी शर्मा ओलीको सरकारले भने चीनले सिमा नमिचेको दाबी गरेको थियो । तत्कालिन् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको दाबी गरेका थिए ।

मन्त्रिपरिषद्को हिजो (बुधबार) बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् । उनले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन गरेको र सरकारलाई प्रतिवेदन पेश गर्न निदेशन दिइएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्