Logo

शिल्पा र उनका पति राजविरुद्ध ४१ लाख ठगेको आरोपमा उजुरी



एजेन्सी, १७ भदौ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि फेरी ४१ लाख ठगीको आरोपमा उजुरी परेको छ । राज कुन्द्राविरुद्ध अश्लिल फिल्मको निमार्ण र प्रसार जस्ता अवैध कामको लागि एक व्यवसायीले आफुसँग ४१ लाख रुपैयाँ लिएको भन्दै उजुरी दिएका हुन् ।

रोहिणी अदातलले दिल्ली प्रहरीसँग कुन्द्रालाई कारवाही गरिएको रिपोर्ट माग गरेको छ । व्यवसायी आर्टेक बिल्डर्सले विशाल गोयलको माध्यमबाट शिल्पा र राज कुन्द्राले एक योजनाबद्ध तरिकाले आफुलाई फसाएको आरोप लगाएका छन् । उनले आफुलाई अर्कै व्यवसायमा लगानी गर्ने भनेर ४१ लाख दिएको तर अवैध गतिविधिमा लगानी गरेर धोका दिएको बताइरहेका छन् ।

शिल्पा शेट्टीका पति राज कुन्द्रा हाल अश्लील फिल्म बनाएको र बिक्रि गरेको अभियोगमा हाल जेलमा छन्। शिल्पा शेट्टीले एक निजी टेलिभिजन च्यानलमा प्रसारित एक रियालिटी शो मा एक जर्जको भुमिका निभाईरहेकी छिन्।



प्रतिक्रिया दिनुहोस्