Logo

महालक्ष्मी नगरपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण



ललितपुर, १७ भदौ । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल ( FSCN) ले महालक्ष्मी नगर पालिकालाई मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले कोभिड–१९ को आपतकालिन समयमा सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले नगरपालिका भित्रका १० वटा वडा कार्यालयहरूलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाले महालक्ष्मी नगरपालिका भित्रका १० वटा वडा कार्यालयहरू संगको सहकार्य र समन्वय तथा वल्ड जे वीस रिलिफ संस्था यु के  ( World Jewish Relief, UK)  को साझेदारीमा महालक्ष्मी नगर पालिका भित्र कोभिड–१९ प्रतिकार्य परियोजना २०२१ अगस्ट महिना देखि संचालन गरिरहेको छ ।

फ्रेण्ड्स सर्भिस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘महालक्ष्मी नगर पालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अक्सिजन, मास्क, सेनिटाइजर, हाइन्ड वास, साबुन, वइट मेशिन, अक्सीमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिक मास्क लगाएत २३ प्रकारका मेडिकल सामाग्रीहरू एक समारोहका वीच वागमती प्रदेशका सांसद माधव पौडेलले नगर पालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापालाई ५ लाख ५० हजार रूपैया वरावरको सामाग्रीहरू हस्तान्तरण गर्नु भयो ।’

कोविड–१९ वाट प्रभावित अति विपन्न, अपागंता भएका, सुत्केरी, गर्भवती, एकल महिला, जेष्ठ नागरिकहरू र कोभिड–१९ का कारण रोजÞगार गुमाएका गरि अहिले सम्म २२५ जनालाइ राहत स्वरूप एउटा परिवारलाइ १ महिना सम्मको लागि पुग्ने गरी खाद्यान्न सहयोग गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । राहत स्वरूप २५ केजी को १ वोरा चामल, १ के जी दाल, १ के जी चिनी, १ के जी चना, १ लिटर तेल र १ पाकेट नुन वितरण गरिएको थियो ।

महालक्ष्मी नगर पालिका भित्र १० जना स्वयंसेवक परिचालन गरि कोभिड–१९ वाट प्रभावित समुदायको विवरण संकलन, कोवो सफ्टवयर प्रयोग गरि आवस्यकता पहिचाहन र सुरक्षित रहने उपायहरूको वारेमा सचेतना अभिवूर्दी गर्ने उद्देश्यले जनचेतना सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको विज्ञप्तीमा जानकारी दिइएको छ ।

विभिन्न सार्वजनिक स्थलहरूमा हेल्प डेस्क, नगर भित्र विभिन्न क्षेत्रहरूमा माइकिंग गर्ने, समुहमा छलफल, घर घरमा भ्रमण गर्ने, नगर पालिका भित्र विभिन्न वडाहरूमा संचालन भएको खोप कार्यक्रमहरूको वारेमा गाउँ घरमा सुचाना प्रवाह गर्ने, खोप लगाउनको लागि अभिप्रेरित गर्ने खोप केन्दहरूमा स्वयंसेवकहरू मार्फÞत सहयोग गर्ने काम पनि गरिदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्