Logo

जाकार्ताबाट शुभकामना दिदै रोहितले भने– भारतविरुद्धको खेलले साफ च्याम्पियनसिपमा फाइदा हुने विश्वास छ



काठमाडौं, १७ भदौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी रोहित चन्दले भारतविरुद्धको खेलले साफ च्याम्पियनसिपमा फाइदा हुने विश्वास रहेको बताएका छन् । इन्डोनेसियाली लिग खेल्न जाकार्ता पुगेका रोहितले आफु जकार्तामा भएपनी मन भने दशरश रंगशालामै हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

उनले भारतविरुद्ध आज हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टिमलाई अग्रिम शुभकामना दिएका छन् ।साथै घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु नेपाल टिम र नेपाली समर्थकका लागि सुखद् पक्ष भएको बताएका छन् ।‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दुःखित छु’ , उनले लेखेका छन् ।

त्यसैगरी इन्डोनेसिया आएपछि ८ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको यसअघिनै एन्फालाई जानकारी गराइसकेको भन्दै सामाजीक सञ्जाल फेसबुक मार्फत सबैलाई जानकारी गराएका छन् ।

‘नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै ‘लस’ हुने अवस्थामा यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखाँरिने मेरो योजना हो । किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्वपूर्ण छ’ , उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्