Logo

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ



काठमाडौं, १७ भदौ । गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्