Logo

‘कमेडी च्याम्पियन’ बाट हिक्मत बाहिरिए, फाइनल असोज २ गते हुने



काठमाडौं, १७ भदौ । ‘कमेडी च्याम्पियन सीजन २’ बाट हिक्मत महरा बाहिरिएका छन् । यो सँगै टप–३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । पुर्व युवराज पारस शाहाको क्यारिकेचर गरेर चर्चामा आएका भरतमणीले भने उत्कृष्ट प्रदर्शन गर्दै टप–३ मा आफ्नो स्थान सुरक्षीत गरिसकेका थिए ।

त्यस्तै सिक्कीमका विक्की र गोरखाका सन्तोष भने दर्शकको भोटबाट टप–३मा पुगेका हुन् ।च्याम्पियनको फाइनल भने असोज २ गते हुने आयोजकले जानकारी दिएको छ ।
तिनै जना फाइनलिष्ट आ–आफ्नो गृह जिल्ला भ्रमणमा गएका छन् ।



प्रतिक्रिया दिनुहोस्