Logo

लागूऔषध सहित २ जना पक्राउ



मोरङ, १७ भदौ । अबैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका २ घरु चौकबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोल सहित मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने २३ वर्षीय समिर मगर लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मे.१ ह ३१७२ नम्बरको ट्याम्पोलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी ट्याम्पो चालक मगर सहित २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्