Logo

अल–कायदाको नजर काश्मिर तिर



एजेन्सी, १७ भदौ । अफगानिस्तानलाई अमेरिकी प्रभुत्वबाट मुक्त बनाउन सफल भएको तालिवानको शक्ति बढेको छ । अफगानिस्तानमा तालिवान बलियो भएपछि अल–कायदाले पनि शक्ति बढाउने देखिएको छ । यो घटनासँगै अल कायदाको नजर काश्मिरमा पर्न थालेको छ ।

काश्मिरलाई लक्षित गर्दै अफगानिस्तानलाई जस्तै अन्य मुस्लिम समुदायको बहुल्यता रहेको क्षेत्रहरुलाई मुक्त गर्ने अबको एजेन्डा रहेको अल कायदाको धारणा सार्वजनिक भएको छ । उनीहरुले काश्मिरसहित, इराक, सिरिया, जोर्डन, लेबनान, लिविया, अल्जेरिया, मोरोक्को, तुनेसिया, सोमालिया र यमनलाई स्वतन्त्र बनाउने योजनाहरु विस्तार गरिरहेको र उक्त देशहरुलाई स्वतन्त्र बनाउन प्राथमिकतामा रहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

अल कायदाका मिडिया प्रवक्ता अज–सबाबको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘अल्लाहको मद्दतले अफगानिस्तानमा पश्चिमी मुलुकमाथि जित प्राप्त गर्न सफल भयौँ । हाम्रो नागरिक स्वतन्त्र भए ।’ अफगानिस्तानमा तालिवानको उदयपछि अब नजर कश्मिरलाई स्वतन्त्र बनाउन रहेको जनाइएको छ ।

रुसको चेचान्या र चीनको झिनजियांगमा समेत मस्लिम समुदायमाथि अत्याचार भइरहेको बताएका छन् । तर, विगत केही समयदेखि चीन र रुसले तालिवानलाई साथ दिदै आएको बताए । रुस र चीनमा रहेका मुसलमानरुको समस्या समाधानमा समेत जोड दिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्