Logo

प्रधानमन्त्री देउवाद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट



काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आज खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

देउवाले टुवीट गर्दै खनालसँग निवासमा भएको भेटबारे जानकारी दिएका छन् । उनले खनालको स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख गरेका छन् ।

भारतमा उपचार गरेर स्वदेश फर्किएपछि खनाललाई देउवाले पहिलोपटक भेटेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्