Logo

नेपाल र भारतबीच बराबरी (फोटोफिचर)



काठमाडौं, १७ भदौ । नेपाल र भारतबीच आजको मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा टुंगिएको छ । दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् ।

नेपालले अञ्जन बिष्टको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भारतका खेलाडीले गोलरक्षकलाई ब्याक पास दिएर गरेको गल्तीको फाइदा उठाउँदै अञ्जन बिष्टले गोल गरेका थिए । घरेलु दर्शक माझ बलमा पकड बनाउँदै नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

तर, दोस्रो हाफको ६०औं मिनेटमा भारतले गोल गर्दै बराबरी गरेको थियो । सुनिल क्षेत्रीले गरेको लामो प्रहार किरण लिम्बूले बचाएका थिए । तर, अरिनव जैनले छेकेको बललाई पोष्टको दिशा दिएका थिए ।

मैत्रीपूर्ण दुईवटा खेल खेल्न आएको भारतले आइतबार अर्को प्रतिष्पर्धा गर्नेछ ।

PhotoBy: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्