Logo

दुवै हात गुमाएका चिनियाँ पौडीवाज टोकियो ओलम्पिकमा छाए



एजेन्सी, १८ भदौ । चीनका यी पौडीवाजको दुवै हात छैन । बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका यी पौडीवाजले टोकियो प्याराओलम्पिकमा स्विमिङपुलमा वर्चश्व बनाएका छन् ।

चेङ ताओले ४ स्वर्ण जितिसकेका छन् । उनी सामाजिक सञ्जालमा लोकप्रीय भएका छन् । दुवै हात नहुँदा पनि आफू तिव्र गतिमा पौडी खेल्न सकेको दृश्यबारे वर्णन गरेका छन् ।

उनले फ्रिस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाईतर्फ स्वर्ण जितेका छन् । उनले ५० मिटर ब्याकस्ट्रोकको फाइनलमा विश्वकिर्तिमान समेत बनाएका छन् ।

३० वर्षीय ताओको नाममा अहिलेसम्म ओलम्पिकमा ६ स्वर्ण, १ रजत र २ काँस्य छ । उनी अहिले उत्कृष्ट लयमा छन् ।



प्रतिक्रिया दिनुहोस्