Logo

नेताहरुप्रति डा. केसी आक्रोशित : के ठानेका छन् यिनले हामीलाई, हामी यिनीहरुको दास हौं ? (भिडिओसहित)



काठमाडौं, १८ भदौ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी सम्झौताको पक्षधर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रहेको स्पष्ट पारेका छन् । उनले नेपालका नेताहरु बोल्ने एउटा र गर्ने अर्कै गरिरहेको पनि आरोप लगाएका छन् ।

उनले भने,‘सामान्यतय नेपालका नेताहरु भन्छन् एउटा, अनि गर्छन अर्को, विगत समयदेखि नै उनीहरुले हामीलाई यस्ता विषयमा लडाउने र भिडाउने गरे । कोशी गरे, गण्डकी गरे, महाकाली गरे, पञ्चेश्वर गरे, सम्पूर्ण गरे नि, अरुण तीनमा मात्रै दश वर्ष लड्यौं हामी, के ठानेका छन् यिनीहरुले हामीलाई, दास हौं हामी यिनीहरुको ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले हालै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको सुनाए । तर, आफूले ओली प्रधानमन्त्री हुँदा नभेटेको उनको भनाई थियो । उक्त भेटमा आफूले राजनीतिक विषयवस्तुमा कुरा नगरेको पनि केसीको भनाई छ । उनले नेताहरुले कामभन्दा भाषणमात्रै गरेको र नेताहरुले राजनीतिलाई समाजसेवा नबनाएर पेशा बनाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्