Logo

कांग्रेसको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको होईन : डा. नारायण खड्का (भिडिओसहित)



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले गठबन्धनका कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताएका छन् । उनले गठबन्धनको सरकार भएकोले अहिले कांग्रेसले मात्रै पेलेर अघि बढ्न नसकिने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भागबण्डा नमिलेको कारण मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई नभएको जिकिर गरे । माधव नेपालले पनि सरकारलाई पूर्णता दिनको लागि केही दिन पर्खन अनुरोध गरेकोले आफूहरुले समय दिएको खड्काको भनाई छ ।

मन्त्रालय बाँडफाँडमा पनि कुरा मिल्ने उनको दाबी छ । उनले एमसीसी सम्झौता संसद्बाट पारित हुने विश्वास दिलाए । माधव नेपाल र प्रचण्डले पनि एमसीसीको विरोध नगरेको बरु केही बुँदामा असहमति जनाएको उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्