Logo

महेश बस्नेतलाई प्रधानमन्त्री देउवाको चुनौतीः ‘मलाई होइन्, दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुहोस्’



काठमाडौं, १८ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौति दिएका छन् ।

आज (शुक्रबार) भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केही समय अघि बस्नेतले दिएको चुनौतिको जवाफमा देउवाले आफुलाई नभई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौति दिएका हुन् ।

बस्नेतले देउवासँग आफु लड्न तयार भएको र सहजै विजय हासिल गर्ने दाबी गरेका थिए । आज बस्नेतकै निर्वाचन क्षेत्रमा आज वडा अधिवेसनको उद्घाटन गर्दै देउवाले महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कांग्रेस सशक्क्त ढंगले अघि बढेको भन्दै भक्तपुरमा आफ्नो पार्टी बलियो भएको दाबी गरेका हुन् । Photo Source: Bikal Shrestha(journalist freelancer)



प्रतिक्रिया दिनुहोस्