Logo

विवाद भएपछि पिपिएलएको आजको भेलामा ओली नजाने



काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायीको संगठन (पिपिएलए) को पूनर्जागरण भेलामा अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । तुलसीलाल ललितपुर च्यासलमा दिउँसो २ बजे राखिएको भेलामा यसअघि अध्यक्ष ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने जनाईएको थियो ।

पिपिएलए केन्द्रीय समितिको नाममा आयोजना गरिएको भेलामा पिपिएलका अध्यक्ष रुद प्रसाद नेपालले एकपक्षीय रुपमा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । उनले पिपिएलएका भेला आयोजना गरिएको भन्नेबारे संस्थागत रुपमा कुनै निर्णय नभएको भन्दै उक्त भेलामा सहभागी नहुन कानून व्यवसायीहरुलाई नेपालले अपिल गरेका थिए ।

भेला आयोजनालाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओली आजको भेलामा सहभागी नहुने जनाईएको छ । तर, ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले भने ओली अस्वस्थ भएको कारण आजको भेलामा सहभागी नहुने रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

file photo



प्रतिक्रिया दिनुहोस्