Logo

जापानकी यी राजकुमारीले साधारण युवासँग विवाह गर्दै



एजेन्सी, १८ भदौ । राजपरिवारका सदस्यहरुलाई आफ्नो खुशीले राजवंश बाहेक अरुसँग विवाह गर्न अनुमति दिइदैन । तर, जापानकी राजकुमारीले भने सर्वसाधारण युवासँग विवाह गर्ने अनुमति पाएकी छिन् ।

जापानको राजवंशको राजकुमारी माको को प्रेमकहानी लामो छ । राजकुमारी र उनका प्रेमीको प्रेम निकै लामो समयदेखि प्रेममा छन् । प्रेमीको लागि उनले ७ विवाहका प्रस्ताव समेत त्यागेकी छिन् ।

जापानकी राजकुमारी माको राजवंश भन्दा बाहिरको एक साधारण नागरिकसँग विवाह हुन गइरहेको छ । उनका परिवार माको को विवाहलाई ९ करोड १० लाख भारतीय रुपैयाँ भनिएको छ तर, उनले भने लिन अस्विकार गरिरहेकी छिन् ।

२९ वर्षीया राजकुमारी माको राजा नारुहितोको भाई राजकुमार आकिशिनाको छोरी हुन् । उनले आफ्नो प्रेमी कोमुरोसँग विवाह गर्ने निर्णय गरेकी छिन् । विवाह पछि अमेरिकामा बस्ने तयारीमा छन् उनीहरु । विवाहको मिति भने हालसम्म तय भएको छैन् । पछिल्लो समय शाही परिवार पनि विवाहको लागि राजी भएको छ ।

राजकुमारी माको को प्रेमी कोमुरो अमेरिकामा कानुन विषय अध्ययनरत छन् । कोमुरोले समुन्द्र तटमा पर्यटन बढाउने ‘प्रिन्स अफ द सी’ काम गर्छन् । उनीहरुको भेट २०१३ मा एक डिनरको क्रममा भएको थियो । कोमुरोले माको लाई विवाहको प्रस्ताव राखेका थिए । उनीहरुले लामो समय प्रेम लुकाएर राखेका थिए । राजकुमारी हाल ब्रिटेनमा अध्ययन गर्दै छिन् ।



प्रतिक्रिया दिनुहोस्