Logo

विश्वकप छनोट: भेनेजुएलामाथि अर्जेन्टिनाको फराकिलो जित



काठमाडौं, १८ भदौ। कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरेका थिए भने भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काएका थिए । लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड पाएपछि भेनेजुएला घरेलु मैदानमा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

जोआक्विनले ७१औं र न्जनले ७४औं मिनेटमा गोल गरे । इन्जुरी टाइममा भेनेजुएलाका सोटेल्डोले पेनाल्टीमा गोल गरे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्