Logo

‘श्रीलङ्कामा खाद्यान्नको सङ्कट छैन’



श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति त्यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।

हालै मात्र त्यहाँका केही सञ्चारमाध्यमले खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए । तर, पनि त्यस्तो अवस्था नरहेको त्यहाँको सरकारले जनाएको छ । त्यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन् ।

उनले हाल श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्