Logo

चर्चित तीन हस्तीले एकसाथ सुरु गरे एक्सन तालिम



काठमाडौं, १८ भदौ । पछिल्लो समयका चर्चित अभिनेताहरु अनमोल केसी, सौगात मल्ल र पुष्प खड्का पहिलो पटक एकसाथ फिल्ममा काम गर्ने भएका छन् । मुकुन्द भट्टले निर्देशन गर्ने एक्सन थ्रिलर फिल्म ‘एक्स ९’ उनीहरु एकसाथ काम गर्ने भएका हुन् ।

फिल्ममा उनीहरु एक्सन अवतारमा प्रस्तुत हुने भएका छन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा प्रियंका थापा एकल अभिनेत्रीको रुपमा रहने भएकी छिन् ।

तीनैजना अभिनेताहरुले बुधबारदेखि एक्सन तालिम लिन पनि सुरु गरेका छन् । सबै अभिनेतालाई व्यक्तिगत ट्रेनरको व्यवस्था फिल्म निर्माण पक्षले गरेको छ । उनीहरुको तालिममात्र ४ महिना सम्म हुने र आवश्यकता परे अझै समय थपिने निर्माण पक्षले जनाएको छ ।

लामो समय यसरी तालिम गर्दा लगानीकर्ताको ठु्लो रकम एक्सनमा नै खर्च हुने देखिएको छ । यो फिल्म पुस महिनादेखि छायांकन सुरु हुने छ । फिल्ममा भिलेनको लागि बलिउड साउथ अभिनेता सोनु सुद र नवाजुद्दीन सिद्दिकीलाई अफर गरिएको बुझिएको छ । फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्