Logo

१८ किलो गाँजा सहित ५ जना पक्राउ



सर्लाही, १८ भदौ । अवैध लागूऔषध गाँजा सहित ५ जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुली हरीहरगढि गाउँपालिका ७ बस्ने ५८ वर्षीय सुरचमान तामाङ र उनकै श्रीमती ५६ वर्षीया सुनामाया तामाङ रहेका छन् । ना।२ ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी,  चितवनको ईच्छाकामना गाउँपालिका ५ मुग्लीङ बजारबाट करिब १६ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका महानगरपालिका १५ बस्ने २७ वर्षीय सोनाम वाईवा लगायत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ना.७ ख ५०११ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot