Logo

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले गरे राजीनामा दिने घोषणा



एजेन्सी, १८ भदौ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिने भएका छन् । गत वर्ष सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सुगाले यसै महिना राजिनामा दिने बताएको जनाइएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै सुगाले निकै आलोचना खेप्नु परेको छ । सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने समेत बताएका छन् । एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ । जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्था अनुसार यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot