Logo

चोरी गरेको मोटरसाइकल सहित पक्राउ



बारा, १८ भदौ । चोरी गरेको मोटरसाइकल सहित पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका १ बस्ने २२ वर्षीय सुरज रामलाई मोटरसाइकल चोरी गरेको अभियोगमा मोटरसाइकल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रसौनी गाउँपालिका ४ खुटवा टोल बस्ने महबुब मियाँ अंसारीको घरमा राखिएको ना.३६ प ३०२५ नम्बरको मोटरसाइकल बिहीबार बिहान चोरी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्रसौनी गाउँपालिका(१ स्थित शिव पार्वती धर्मकट्टा नजिकबाट सुरजलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीमाथि जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot