Logo

तालिवानका नेता मुल्लाह बारादारको नेतृत्वमा अफगानिस्तानको नयाँ सरकार गठन हुँदै



एजेन्सी, १८ भदौ । तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो ।

तालिवानका संस्थापक नेता मुल्लाह ओमरका सुपुत्र मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बासले सरकारको मुख्य नेतृत्व गर्ने जनाइएको छ । अफगानिस्तानमा तालिवानले कब्जा गरेको दुई साता पछि तालिवानले नयाँ सरकार र मन्त्री मण्डल विस्तार गर्ने भएको छ ।

अफगानको नयाँ सरकारमा राष्ट्रपति भन्दा माथि रहेर हाईबातुल्लाह अखुण्डजाडाले नेतृत्व गर्ने तालिवानी अधिकारीले बताएका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका नागरिकहरु आर्थिक अभावको संकटमा परेका छन् । विगत २० वर्षको द्वन्द्वमा करिब २ लाख ४० हजार अफगानी नागरिकको ज्यान गइसकेको तथ्यांक छ । तालिवानले अफगानिस्तानका सम्पूर्ण प्रान्त कब्जा गरेपछि पञ्चशीर उसको नियन्त्रण बाहिर छ । पञ्चशीरलाई कब्जा गर्न तालिवानलाई अल–कायदाले साथ लिने समेत घोषणा गरिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्