Logo

तालिवानलाई अल–कायदाको साथ



एजेन्सी, १८ भदौ । अफगानिस्तानको पञ्चशीर तालिवानको नियन्त्रणमा नपरेको एकमात्र प्रान्त हो । उक्त क्षेत्रलाई तालिवानले कब्जा गर्न प्रयास गरिरहेको छ । उसले चारैतिरबाट घेराबन्दी गरेर आक्रमण गरेको छ ।

रातभर पञ्चशीरमा भिडन्तहरु भएका छन् । त्यस क्रममा ४० भन्दा बढी तालिवान सैनिक मारिएको जनाइएको छ । पञ्चशीर कब्जा गर्न तालिवानलाई अल–कायदानले साथ दिने भएको छ ।

अल–अराबिया टेलिभिजनको रिपोर्ट अनुसार अल–कायदाले तालिवानलाई पञ्चशीर कब्जा गर्न साथ दिने भएको हो । नेश्नल रेजिसटेन्स फ्रन्ट अफ अफगानिस्तानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अल–कायदा सैन्य युनिट तालिवानलाई पञचशीरमाथि कब्जा गर्न साथ दिने भएको छ ।’

तालिवानले पञ्चशीरका प्रतिधिनिहरु सँग वार्ताको माध्यमबाट समस्था समाधान गर्न प्रयास गरेको थियो । तर, उक्त प्रयास विफल भएपछि तालिवानले अन्य युनिटलाई पञ्चशीरमाथि कब्जा गर्न आव्हान गरेको थियो ।

दुई दिनमा करिब अफगानिस्तानमा ३५० भन्दा बढी तालिवान लडाकु मारिएका छन् । ३५ जना अपहरणमा परेका छन् । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गर्न निकै व्यवस्थित भएर आएका थिए । तालिवानले अफगानिस्तानमा पूर्ण रुपले कब्जा गरिसकेको छ । तालिवानले छिट्ट नयाँ सरकारसमेत गठन गर्ने भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot