Logo

सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो



काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ ।’

प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न लिखित एवं मौखिक विभिन्न माग राख्दा गम्भिर नभएको भन्दै संघले तालाबन्दी गरेको थियो ।

संघले कोभिड–१९ महामारीका कारण त्रिविले धेरै मानविय क्षति व्यहोरेकाले कार्यरत सम्पुर्ण प्राध्यापक, कर्मचारी तथा उनका परिवारका सदस्यहरुलाई खोपको व्यवस्था मिलाउन माग गरेको थियो ।

त्रिविका प्राध्यापक तथा कर्मचारीहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने र उनका परिवारका सदस्यहरुलाई पनि शिक्षण अस्ततालमा छुटको व्यवस्था गर्नुपर्ने संघले माग गरेको थियो ।

संघले त्रिविका सम्पुर्ण पदहरुको नियुक्तिमा नेपालको संविधानको मर्म अनुसार समानुपातिक समावेशी सिद्धान्तलाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु राखेर तालाबन्दी गरेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्